कोरोना भाइरसबाट ज्यान जानेको संख्या १७० पुग्यो, करिब ८ हजार संक्रमित
काठमाडौँ । चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या १ सय ७० पुगेको छ । हालसम्म सो भाईरसबाट करिब ८ हजारमा संक्रमण देखिएको छ ।
बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गएको र ७ हजार ७ सय ७१ जना संक्रमित भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
कोरोना भाइरसबाट बुधबार मात्रै ३८ जनाको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिरहेको कोरोनाभाइरसबाट पूरै विश्व सावधान हुनुपर्ने बताएको छ।
उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ।
बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment