हरियाली मंचद्वारा पाख्रिबासका २१ बिपन्न परिवारलाई राहत वितरण
काठमाडौँ । अन्तराष्ट्रिय हरियाली मंचले धनकुटाको पाख्रिबासमा एक कार्यक्रमको आयोजना गरि २१ घरका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको छ।
अन्तराष्ट्रिय हरियाली मंचका केन्द्रीय अध्यक्ष शुलाचना गुरुङका अनुसार २१ घरका बिपन्न परिवारहरुलाई १४० वटा न्यानो कपडा सहित २१ वटा कम्बल वितरण गरेको बताइन्।
तीन बर्ष अगाडि स्थापना भएको यो संस्थाले देश तथा विदेशमा यस्तै किसिमका सामाजिक कार्यहरु धेरै गर्दै आएका छन्।
राहत वितरण कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष शुलाचना गुरुङ, सीता राना, मंचका सद्भावना दुत बिशाल राई र अन्तराष्ट्रिय हरियाली मंच धनकुटा शाखाका सदस्यहरुको सहभागी रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment