ट्रम्पको मध्यपूर्व शान्ति योजना ‘हाँस्यास्पद’: इरान

डिसी नेपाल
१६ माघ २०७६ २२:०२

तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत मध्यपूर्व शान्ति योजनालाई ‘हाँस्यास्पद’ भएको टिप्पणी गरेका छन् ।तास्नीम समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचार अनुसार ट्रम्पको योजना चर्चाका लागि मात्रै भएको रौहानीको भनाइ छ ।

“यो मुर्खतापूर्ण हल्ला हो,” रौहानीले भने, “ट्रम्पले मध्यपूर्व शान्ति स्थापनाका लागि भन्दै प्रस्तुत गरेको प्रस्ताव खारेज गर्न ह्वाईट हाउसलाई सुझाव दिन्छु ।” अमेरिकी राष्ट्रपति ट्रम्पले यस योजनालाई ‘शताब्दीकै राम्रो योजना’का रूपमा व्याख्या गरिरहेका बेला इरानी राष्ट्रपति रौहानीले भने ठीक विपरीत संज्ञा दिए ।

राष्ट्रपति ट्रम्पले वहुप्रतिक्षीत मध्यपूर्व शान्ति योजना गत मङ्गलबार सार्वजनिक गरेका थिए । उनको योजनालाई रौहानीले झै प्यालेस्टिानीले यसअघि नै अस्विकार गरिसकेको छ । प्यालेस्टाइनले ट्रम्पको योजना इजरायलको पक्षमा रहेको भन्दै यसलाई मान्न आफू वाध्य नभएको बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *