विद्यार्थी हुनु त यस्तो पो

डिसी नेपाल
१७ माघ २०७६ ८:३२

सुरुङ्गा। आफूलाई शिक्षा दिने गुरु मिर्गाैला रोगले थलिएपछि विद्यार्थीले रु तीन लाख तीन हजार २१५ सङकलन गरी प्रदान गरेका छन्।

अर्जुनधारा नगरपालिका–५ फूलबारीका भानु माध्यमिक विद्यालयमा अध्ययनत पूर्वविद्यार्थीले विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेललाई सो रकम प्रदान गरेका हुन्। विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका मेची भन्सार कार्यालय झापाका प्रमुख कर अधिकृत ध्रुवराज विश्वकर्माले उनलाई सम्मानसहित नगद हस्तान्तरण गरे।

पूर्वविद्यार्थी देवराज बुढाथोकीले प्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति छरेर सक्षम बनाएको स्मरण गरे। विद्यालयका पूर्वविद्यार्थी तथा अर्जुनधारा नगरपालिका–५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले उपचारमा सहयोग गर्न आग्रह गरे।

पूर्वविद्यार्थी रामकुमकार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशवहादुर खड्का, मेनुका गिरीलगायतले शिक्षा क्षेत्रमा सञ्जेलले पुर्याएको योगदानको प्रशंसा गरे।

पूर्वप्रअ सञ्जेलले असल संस्कार हराइरहेका समय अरुलाई समेत प्रेरणा हुने गरी आफ्ना गुरुप्रति विद्यार्थीले देखाएको सद्भावले आफू हर्षित भएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *