ट्रक र ट्याक्टर जुधेपछि…

डिसी नेपाल
१७ माघ २०७६ १६:०५

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर ११ पिपिरा चोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते एक जना व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ।

सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ आउँदै गरेको भे १ त ७५८९ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको घटना स्थलमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो।

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतककाआफन्तआन्दोलित बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *