ब्रेक्जिट युरोपका लागि ‘ठूलो परिवर्तन’ होः जर्मनी
Redaktionshinweis: Verwendung des Bildes nur zur redaktionellen Berichterstattung und bei Nennung "ZDF/Rico Rossival". Keine Werbung!
Moderator Steffen Seibert, aufgenommen im Studio des heute-Journals (Foto September 2009). Seibert wird Nachfolger von Regierungssprecher Ulrich Wilhelm. Dies teilte die Bundesregierung am Samstag (10.07.10) mit. Der 50-jaehrige Heute-Journal-Moderator wird am 11. August seine Arbeit als Sprecher der Bundesregierung aufnehmen. Wilhelm war Anfang Mai nach viereinhalb Jahren als Sprecher der Bundesregierung zum neuen Intendanten des Bayerischen Rundfunks gewaehlt worden und soll sein neues Amt im Februar 2011 antreten. (zu ddp-Text) Foto: ZDF/Rico Rossival/ddp
बर्लिन । यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को शुक्रबारको बिदाइ इयू समूहको लागि ‘विशाल परिवर्तन’ हुनेछ, जर्मन चान्सलर एन्जेला मर्केलका प्रवक्ता स्टेफेन सिबर्टले शुक्रबार भनेका छन्।
“यो स्पष्टतः युरोपको लागि व्यापक परिवर्तन हो किनभने बेलायत लगभग आधा शताब्दी अर्थात् ४७ वर्षसम्म ईयूको महत्वपूर्ण सदस्य थियो,” सिबर्टले जर्मनीका सञ्चारकर्मीहरूसँग बताए ।
बेलायत अझै पनि ‘घनिष्ठ साझेदार र मित्र’ रहनेमा बर्लिन विश्वस्त रहेको छ, सेइबर्टले भने । “हामीलाई ब्रेक्जिटको निर्णय दुःखद लागेको छ । हामी सोच्छौं कि अधिकांश जर्मन जनसंख्याले पनि त्यस्तै महसुस गर्नेछन् तर हामी बेलायती जनताले गरेको निर्णयको सम्मान गर्छौँ ।”
जनवरीको शुरूमा डाभोसमा भएको ‘वल्र्ड इकोनोमिक फोरम’ मा ब्रेक्जिट ईयूलाई ‘व्युझिनका लागि एक सङ्केत’ भएको मर्केलले उल्लेख गरेका थिए । “यसको मतलब यो हो कि हामी अझ प्रबल र नवीन बन्नका लागि थप गहन रूपमा काम गर्ने छौं,” सेबर्टले भने ।
“युरोपेली एकीकरणले युरोपमा शान्ति र समृद्धि ल्याएको छ । हामी र अन्य २६ सदस्य राष्ट्रहरू यस सफलताको कथा जारी राख्न प्रतिबद्ध छौं ।”
बेलायत आधिकारिक रूपमा यूरोपेली संघबाट लण्डनको समय अनुसार राति ११ बजे बहिर्गमन भएपनि सुरुमा ११ महिनाको सङ्क्रमणकालीन अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि ईयू नियमको पालना गर्ने सहमति भएको छ ।
दुई पक्षबीच उनीहरूको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्रमा गरिनेछ । शुक्रवार जर्मन टेलिभिजनमा बोल्दै जर्मनीका लागि बेलायती राजदूत सर सेबास्टियन वुडले डिसेम्बरसम्ममा ईयूसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।







डिसी नेपाल








Facebook Comment