अनेसास न्यूह्यामसायरको सरस्वती पूजामा अमेरिकी पनि सहभागी

डिसी नेपाल
१९ माघ २०७६ १४:०७

डिसी नेपाल

न्यूह्यामसायर अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यूह्यामसायर च्याप्टरले शनिवार अमेरिकाको न्यूह्यामसायरमा सरस्वती पूजाको आयोजना गरेको छ | पंडितको शास्त्रीय मन्त्रोच्चारण सहित गरिएको उक्त पूजामा नेपाली , भारतीय र अमेरिकीहरूले टीका र प्रसाद ग्रहण गरेका थिए|
कार्यक्रममा साहित्यकार ईश्वरी भट्टले कार्यक्रम बारे जानकारी गराउदै बालबालिकालाई नेपाली संस्कृति र परम्पराको जानकारी गराउन यस किसिमको कार्यक्रम फलदायी हुने बताउनु भयो |


कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा अनेसासका केन्द्रीय पूर्व महासचिव गोवर्ध्दन पूजाले अनेसास न्यूह्यामसायर च्याप्टरले विदेशमा साहित्यक र साँस्कृतिक कार्यक्रम गरेर धेरैको ध्यान आकृष्ट गरेको बताउदै अनेसासको विश्वभर रहेका च्याप्टरहरू मध्ये मौलिक र नियमित कार्यक्रम गर्ने च्याप्टर बनेको बताउनु भयो |
विशेष अतिथि न्यूह्यामसायर राज्यका बहुसाँस्कृतिक निर्देशक जेसिका लिविङ्स्टनले कार्यक्रमबाट नेपाली संस्कृति बुझ्ने अवसर मिलेको बताउँदै आगामि दिनमा पनि आफूले सहयोग गर्ने वचन दिनु भयो | च्याप्टरले जेसिका र ब्याक्की
फिल्डलाई सम्मान पत्र पनि प्रदान गरेको थियो |
राई समाजका अध्यक्ष मुक्तीनारायण राईले न्यूह्यामसायर च्याप्टरले प्रकाशित गरेको स्मारिका बारे समीक्षा गर्नुभयो भने सुन्दरी गुरुङले जनगणनामा किन सहभागीता जनाउने भन्ने जानकारी गराउनु भयो |
साहित्यकार महेश्वर पन्त र पत्रकार राजेश कोइराला सम्मिलित निर्णायक टोलीले कला, संगीत र नृत्यमा सहभागी प्रतियोगीको मूल्याङ्कन गर्नुभएको थियो | निर्णायक पन्तले पुरस्कार चयनका बारेमा बोल्नुभएको थियो |
परस्कृतलाई प्रमुख अतिथि पूजाले प्रमाणपत्र , च्याप्टरका अध्यक्ष हरिमाया अधिकारिले खादा र प्रधान सम्पादक ईश्वरी भट्टले नगद प्रदान गर्नुभयो |


च्याप्टरका महासचिव तथा कार्यक्रम सञ्चालक हरिकुमारी गुरूङले पाहुनाको स्वागत गर्दै वालवालिकालाई सांगीतिक प्रशिक्षण दिने चर्चित तवलावादक सागर खतिवडाबारे जानकारी गराउनु भयो |
च्याप्टरका अध्यक्ष हरिमाया अधिकारीले आगामि दिनमा अझै राम्राराम्रा कार्यक्रमको आयोजना गर्दे जाने योजना रहेको बताउँदै सबैको सहयोगले कार्यक्रम सफल भएकोका धन्यवाद व्यक्त गर्नुभयो |


कार्यक्रममा च्याप्टरका उपाध्यक्ष रमा न्यौपाने , स्मारिकाका सम्पादन रामचन्द्र भण्डारी, एनआरएन न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्ब‍र कडरिया, अनेसास न्यूह्यामसायर च्याप्टरका सल्लाहकार डा. रुद्र अर्याल, शिवकुमार राई, तमुसमाज अध्यक्ष छत्रकुमारी गुरूङ, उमेश कोईराला, डा. पुष्पमान जोशीलगायतको पनि सहभागीता रहेको उक्त कार्यक्रममा तारादेवी न्यौपानेले कविता वाचन गर्नुभएको थियो |
कार्यक्रममा न्यूह्यामसायर र वरपरका राज्यबाट ३० बालबालीकाहरूले बाल प्रतिभा प्रदर्शन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *