वासु शशी तथा कुमार-सरस्वती पुरस्कारबाट तीन स्रस्टालाई सम्मान गरिने

डिसी नेपाल
२० माघ २०७६ ८:१४
12
Shares

काठमाडाैं। वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारकाे घोषणा गरेको छ। परिषद्को हालै बसेको बैठकले वरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई “वासु शशी साहित्य सम्मान–२०७६” कवि तथा आख्यानकार ईन्दिरा प्रसाईलाई “वासु शशी साहित्य पुरस्कार–२०७६” र साहित्यकार तथा पत्रकार श्रीआेम श्रेष्ठ राेदनलाई ”कुमार-सरस्वती साहित्य पुरस्कार–२०७६” प्रदान गर्ने भएको छ।

लेखक शाक्य विगत चार दशकदेखि नेपाली भाषा साहित्य तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण याेगदान दिँदै आएका छन्। उनका Dolpa, the world behind the Himalaya(1977), Teles of Kathmandu (1979), Presarvation Pays(1983), Look down not up (1983), साेच(२०६१), खाेज(२०६६), माेज, म सक्छु, काेष(२०७५) लगायत साहित्यिक र पर्यटन सम्बन्धी एक दर्जन साहित्यिक कृति प्रकाशित छन्। उनी ‘उत्तम शान्ति पुरस्कार’, प्रवल गाेरखा दक्षिणबाहु लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन्।

साहित्यकार प्रसाई विगत साढे तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण याेगदान दिँदै आएकी छन्। उनका कविता, कथा, उपन्यास सम्पादन सहित दुई दर्जन भन्दा बढी साहित्यिक कृतिहरु प्रकाशित छन्।

उनी ‘राष्ट्रिय युवा वर्ष माेती पुरस्कार’, ‘मैनाली कथा पुरस्कार’, राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘राष्ट्रिय गाैरव युवा सम्मान’, ‘प्रवल गाेरखा दक्षिणबाहु’, ‘भानुभक्त’ सम्मान लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेकी छन्।

साहित्यकार राेदन विगत तिन दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्य तथा पत्रकारिताक्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
उनका निवन्ध, कविता, लघुकथा सम्पादन सहित एक दर्जन भन्दा बढी साहित्यिक कृर्तिहरु प्रकाशित छन्।

उनी’राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘उत्तम शान्ति पुरस्कार’, ‘प्रतिभा युवा सम्मान’, ‘राष्ट्रिय युवावर्ष माेती पुरस्कार’, ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार त्रय शाक्य, प्रसाई र राेदनलाई सर्वसम्मतिले सम्मान गर्ने निर्णय गरेकाे हाे। उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८४औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने र पुरस्कारको राशी रू. २५,०००।(पच्चिस हजार) रहेको परिषदका सचिव प्रद्युम्न जोशीले बताए।

वासु शशी साहित्य पुरस्कारबाट यस अघि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गाेविन्द गिरी प्रेरणा र सैलेन्दुप्रकाश नेपाल पुरस्कृत र वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जाेशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थर सम्मानित भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.