मलेसियामा बीच सडकको आकाशे पुलमा झुण्डिएर नेपालका किरणले गरे आत्महत्या
सांकेतीक तस्वीर–
क्वालालम्पुर । मलेसियामा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । पेनाङमा रोल्पाका गंगादेव गाउँपालिका–२ डाँडागाउँका २३ वर्षीय किरण क्षेत्रीले आत्महत्या गरेका हुन्।
पेनाङस्थित पब्लिक प्याकेजेज कम्पनीमा काम गर्दै आएका उनले गएको जनवरी २८ तारिखका दिन कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकाशे पुलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनले आत्महत्या गर्नुको आधिकारिक कारण खुलेको छैन । मृतक क्षेत्रीको शव पोस्टमार्टम पछि सोमबार नेपाल पठाइदैछ । उनको नेपालमा श्रीमतीसँगै एक छोरी रहेको बुझिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment