चलचित्र ‘निरफूल’को फस्ट लुक सार्वजनिक

डिसी नेपाल
२० माघ २०७६ २१:४१

काठमाडौं । नेपाली चलचित्र ‘नीरफूल’को फस्ट लुक सार्वजनिक गरिएको छ । फागुन ३० गते रिलिज मिति पाएको चलचित्र ‘निरफूल’कोे पोस्टरमार्फत फट लुक सार्वजनिक गरिएको छ।

भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् ।

पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ ।

फिल्ममा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको उनको दावी छ ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.