प्रहरीलाई निडर भएर काम गर्न खनालको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराधीलाई कानूनको दायरामा ल्याउन निर्भिक, डिरर, इमान्दार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनको मंगलबार भिडियो कन्फ्रेन्सबाट उद्घाटन गर्दै उत्कृष्ट भवनसँगै थप परिस्कृत प्रहरी सेवा प्रवाह गर्नुपर्ने चर्चा गरेका थिए ।
नेपाल प्रहरीमा आबद्ध भएर देश र जनताको सेवा गर्न पाउनु जीवनको सबै भन्दा ठूलो एवम् महत्वपूर्ण क्षण भएको बताउँदै उनले सबै निकायहरुसँग समन्वयात्मक रुपमा अगाडि बढेर आफूलाई प्राप्त जिम्मेवारी सम्पादन गर्नुपर्ने उल्लेख गरेका हुन ।
साथै अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न संघ संस्था तथा नागरिकहरुसँग समन्वय र सहकार्य गरी थप प्रभावकारी रुपमा सचेतनामूलक कार्यक्रम संचालन गर्न समेत उनले निर्देशन दिए । समाजमा भएका विकृति विसंगति निर्मूल गर्नका लागि प्रहरीले स्थानीय तह, विभिन्न संघसंस्था एवम् महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड र्दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment