सिरियाको इदलिबमा हवाई आक्रमण जारी, नौ जनाको मृत्यु

डिसी नेपाल
२२ माघ २०७६ १३:०३
एजेन्सी । सिरियाको इदलिब प्रान्तमा रुसी सेनाले गरेको हवाइ कारबाहीमा परी नौ जना सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ ।
 
विद्रोहीलक्षित सो कारबाही परी कम्तीमा नौ जना सर्वसाधारण मारिएको बुधबार बिहान प्राप्त समाचारमा जनाइएको हो।
 
रुसआवद्ध सेनाले बुधबार बिहानै सो क्षेत्रमा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । मारिएका सर्वसाधारणमा केही बालबालिका पनि परेका मानवअधिकारवादी संघसंस्थाहरुले जानकारी दिएका छन्।
 
‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले उक्त इदलिब क्षेत्रमा केही समय यतादेखि हिंसात्मक हमला नभएकोमा सोमबार यस प्रकारको हमला भएको पाइएको जनाएको छ।
 
उक्त आक्रमण सोमबार बिहानबाट निरन्तर रहेको बताइएको छ । अधिकारीहरुले यस हवाई आक्रमण रुसआवद्ध रहेको सेनाले गरेको हुन सक्ने अनुमान गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ।
 
सिरियाली सरकारको सहयोगमा रुसमा विद्रोहीलाई लक्ष्यगरी रुसी सेनाले विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ।
 
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलनमा शुरु भएको थियो। सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो।
 
वर्षौँदेखि जारी गृह युद्धका क्रममा सिरियामा हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यहाँको यस प्रकारको गृहयुद्धबाट लाखौँ व्यक्ति घाइते भएका बताइएको छ।
 
त्यसैगरी यहाँको हिंसामा परी दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.