ट्रम्पले सभामुखसँग हात मिलाउन मानेनन्, सभामुखले ट्रम्पको भाषण च्यातिदिइन् (भिडियोसहित)

डिसी नेपाल
२२ माघ २०७६ १५:५४

वासिङ्टन। मंगलबार संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सम्बोधनका लागि आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सभामुख न्यान्सी पेलोसीसँग हात मिलाउन अस्वीकार गरेपछि सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलिपि नै च्यातिदिएकी छिन् । वार्षिक सम्बोधनका लागि आएका ट्रम्प लाई स्वागत गर्दै पेलोसीले हात मिलाउन खोजेकी थिइन् । ट्रम्पले अस्वीकार गरेपछि डेकोक्रेटको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा पेलोसीले ट्रम्पकै पछाडि उनको सम्बोधनको प्रतिलिपि च्यातेकी हुन् ।

राष्ट्रपति ट्रम्पले गरेको एक घण्टा १८ मिनेट लामो सम्बोधनमा आफूमाथिको महाअभियोगको कुरालाई बेवास्ता गरेका थिए । ट्रम्पको सम्बोधनलाई रिपब्लिकनहरुले उठेरै स्वागत गरेका थिए भने डेमोक्रेटहरु बसिरहेकै थिए । रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले राष्ट्रपति ट्रम्पलाई पदको दुरुपयोग गरेको र कंग्रेसलाई अवरोध गरेको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ । यस विषयमा स्थानीय समयानुसर बुधबार दिउँसो चार बजे माथिल्लो सदनमा मतदान हुने भएको छ ।

ट्रम्पविरुद्धको महाअभियोग लगाउने पक्षमा खुलेरै लागेकी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर पेलोसीलाई हात मिलाउन अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनको प्रतिलिपि दिएका थिए । उनीहरुबीच अघिल्लो बैठकदेखि बोलचाल भएको थिएन । पेलोसीले पनि राष्ट्रपतिलाई ‘उच्च सुविधा र विशिष्ट सम्मान’ दिने विषयमा बेवास्ता गरिन् । राष्ट्रपतिलाई सामान्य रुपमा कंग्रेसमा औपचरिक परिचय गराइन् । पेलोसीले ट्रम्पलाई सम्बोधनका ट्रम्पलाई बोलाउने क्रममा भनिन्, ‘कंग्रेस सदस्य, अमेरिकी राष्ट्रपति ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.