अफगान युद्ध अन्त्यका लागि प्रयास जारी

डिसी नेपाल
२२ माघ २०७६ १९:५४

वासिङ्टन (रासस/सिन्हवा) । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राति ‘स्टेट्स अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम गरिरहेको बताएका छन् । हाउस अफ रिप्रिजेन्टटिभ्स् र कङ्ग्रेसको संयुक्त सत्रमा बोल्दै ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताएका हुन् ।

‘हामी अन्ततःअमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोशिस गर्दैछौं,” ट्रम्पले भनेका छन्, “कानुनको डण्डा लगाउने एजेन्सीका रूपमा अन्य राष्ट्रको सेवा गर्नु हाम्रो कार्य पनि होइन ।” संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष शुरु भएको थियो तर सेप्टेम्बर र डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिवानी लडाकूको आक्रमणपछि वार्ता रोकिएको थियो ।

लामो समय अर्थात् सन् २००१ बाट शुरू भएको अफगान युद्धको कारण अमेरिकी सेनालाई पर्दै आएको अफ्ठ्यारो ‘हास्यास्पद’ भएको उनले बताएका थिए । अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सेना रहेका छन् । यी सेनाले प्रायःअफगानी सेनालाई तालिवानी लडाकू विरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन् । अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सेनाका २४ सय सदस्य मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.