लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउन माग
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष र सदस्यले पदभार ग्रहण गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार आयोजित पदभार ग्रहण तथा स्वागत कार्यक्रममा प्रदेशसभा प्रदेश नं ५ का अर्थ, उद्योग र पर्यटन समितिका सभापति दधीराम न्यौपानेले नवनियुक्त अध्यक्ष सूर्यबहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठललाई पदभार गराएका हुन्।
कार्यक्रममा समितिका सभापति न्यौपानेले यस क्षेत्रका नागरिक स्वास्थ्य सेवा लिनकै लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरी गुणस्तरीय सेवा प्रदान गर्ने काम सक्रिय भूमिका निर्वाह गर्न विकास समितिलाई आग्रह गरे। प्रदेशसभा प्रदेश नं ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले देशकै नमूना अस्पतालका रुपमा लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण र विकास हुन लागेको बताए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गर्दै अस्पताल परिसरका सटर छिट्टै खाली गरेर स्तरोन्नतिको काम शुरु हुने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले अस्पतालमा तत्कालीन र दीर्घकालीनरुपमा सुधार गर्नुपर्ने कुरा रहेकाले विकास समितिले यसतर्फ ध्यान दिएर सेवा प्रभावकारी बनाउनुपर्ने बताए ।
अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष भट्टराईले अस्पतालको स्तरोनन्ति र सेवा प्रभावकारी बनाउन सबैको साथ र सहकार्य आवश्यक रहेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले पटकपटक गरेर पहुँचका आधारमा अस्पतालमा आवश्यकताभन्दा बढी कर्मचारी थपिएको उल्लेख गरे ।
अस्पताल विकास समितिका पूर्वअध्यक्ष बाबुराम भट्टराई, नेपाली काँग्रेसका महासमिति सदस्य युवराज गिरी, औषधि व्यवसायी सङ्घका प्रदेश संयोजक शिव ज्ञवाली, नेपाल पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष भरत केसीलगायतले बेथितीको अन्त्य गरी सुविधा सम्पन्न अस्पतालका रुपमा लुम्बिनी अस्पताललाई विकास गर्न विकास समितिलाई आग्रह गरे ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment