बालुवाटार प्रकणमा अख्तियारको मुद्दामाथि काँग्रेस वरिष्ठ नेता पौडेलको संशय

डिसी नेपाल
२२ माघ २०७६ २२:२०

काठमाडौं। बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि प्रतिक्रिया आउनेक्रम जारी छ। कतैबाट अख्तियारको कामको प्रशंसा भएको छ, भने कतै आशंका व्यक्त गरिएको छ।

खासगरी काँग्रेसहरुले अख्तियारले निष्पक्ष मुद्दा दायर नगरिएको आशंका व्यक्त गरेका छन्। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार राती सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ। लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’

पौडेलभन्दा अगाडि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि अख्तियारको मुद्दामा प्रश्न उठाएका थिए। शर्माले लालपुर्जा सिरानीमा हाल्लेलाई उन्मुक्ति, विजय गच्छदारमाथि मुद्दा भनेर प्रश्न गरेका थिए।

काँग्रेस नेताहरुबाट यसरी आशंका हुनुको कारण यो प्रकरणमा जुन आरोपमा काँग्रेस उपसभापति गच्छदारमाथि मुद्दा दायर गरिएको छ, त्यसमा उनको भूमिका प्रस्तावको हो। निर्णय मन्त्रिपरिषदले गरेको हो। त्यतिबेलाका गच्छदार भौतिक योजनामन्त्री थिए। उनले मन्त्रीको हैसियतमा बालुवाटारको सडक चौडा गराउने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए। मन्त्रिपरिषद्ले सो प्रस्ताव निर्णय गरेको थियो। त्यतिबेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *