टर्कीको विमानस्थलमा चिप्लिएर १ सय ८३ जना सवार विमान तीन टुक्रा
काठमाडौँ । टर्कीको इस्तानबुलमा एक यात्रुवाहक हवाइजहाज रनवेबाट चिप्लिएर तीन टुक्रा भएको छ । उक्त दुर्घटनामा परी विमानमा सवार ३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित एक सय ८३ जना सवार रहेका थिए ।
इज्मिर प्रान्तबाट गएको बोइङ ७३७ विमान सबिहा गोक्सेन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
बीबीसीका अनुसार, हवाइजहाजमा रहेका अन्य १ सय ७९ जनालाई उपचारका लागि विभिन्न अस्पताल पुर्याइएको र घाइते मध्ये तीन जनाको आइसियुमा राखेर उपचार भइरहेको छ ।
भारी वर्षासँगै तीव्र गतिमा हावा चलेका बेला दुर्घटना भएको समाचारमा जनाईएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment