डा. केसीमाथिको अवहेलना मुद्दा खारेज

डिसी नेपाल
२३ माघ २०७६ १९:४६

काठमाडौं। डा. गोविन्द केसीमाथि सर्वोच्च अदालतमा दायर सर्वोच्चको अवहेलना मुद्दा खारेज भएको छ। बिहीबार सो मुद्दा निवेदकको माग दावी नपुगेको भन्दै खारेज गरिएको हो। न्यायधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको पूर्ण इजलासले सो अवहेलना मुद्दा खारेज गरेको हो।

केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध मुद्दा दायर गरेका थिए। त्यस मुद्दामा केसीले सर्वोच्चमा उपस्थित भएर बयानसमेत दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *