आफ्नै साथीले आक्रमण गर्दा पाँच प्रहरीको मृत्यु

डिसी नेपाल
२३ माघ २०७६ २०:१९

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहर प्रान्तमा रहेको एक चौकीमा आफ्नै सहकर्मीको आक्रमणमा परी कम्तीमा पाँच प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुल्तान मोहम्मद हकिमीले बताएका छन् ।

हकीमीका अनुसार पञ्जायी जिल्लाको एक प्रहरी चौकीमा भएको उक्त घातक घटना बिहीबार बिहान सबेरै तलकान क्षेत्रमा भएको थियो । घटनापछि आक्रमणकारी फरार भएको उनले बताए ।

अफगानिस्तानमा विगतमा पनि तालिवान विद्रोहीले आफू निकटस्थ सुरक्षाकर्मीलाई सहकर्मीमाथि आक्रमणका लागि प्रयोग गर्ने गरिएको थियो । सरकारले आतंककारीहरूले सुरक्षाकर्मीलाई प्रलोभनमा पारेर यस्ता घटना गराउने गरेका बताएको छ ।

यस पहिले जनवरी २८ मा उत्तरी बग्लान प्रान्तमा तालिबानी समुदायका एक व्यक्तिले चौकीमा सहकर्मीमाथि घातक आक्रमण गर्दा ११ प्रहरीको मृत्यु भएको थियो भने केही घाइते भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.