दक्षिणी सुडानका सात लाख बालबालिका पुनः विद्यालय भर्ना

डिसी नेपाल
२३ माघ २०७६ २२:५१

जुबा । दक्षिणी सुडानमा सरकार र साझेदार निकायहरूले बिहीबार विद्यार्थीलाई पुनः भर्ना अभियान सुरु गरेको छ । अभियानका क्रममा सात लाखभन्दा बढी विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)द्वारा जारी वक्तव्यमा सात लाख ९ हजार दुई जना विद्यार्थीलाई फेरी विद्यालयमा भर्नाका लागि सहयोग गर्ने विश्वास गरिएको उल्लेख छ ।

अभियान अन्तर्गत उनीहरूलाई विद्यालयमा भर्ना गरेर बाल शिक्षा, प्राथमिक शिक्षा वा बैकल्पिक शिक्षा दिइने भएको छ । बालबालिकाहरूलाई पढ्नका लागि प्रेरित गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको र उनीहरूलाई सिकाईको अवसर दिइने युनिसेफले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.