कोरोनाभाइरस लागेर पहिलो पटक अमेरिकी नागरिकको मृत्यु, मृतकको संख्या ७ सय २५ पुग्यो

डिसी नेपाल
२५ माघ २०७६ १३:०७

काठमाडौं । चीनबाट फैलिएको घातक कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ।

बेइजिङ स्थित अमेरिकी दुतावासका अनुसार ६० बर्षीय अमेरिकी नागरिकको चीनको वुहानको जिनिन्टन अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसबाट मर्ने उनी पहिलो अमेरिकी नागरिक हुन्। अधिकारीहरूले मृतकको पहिचान भने खुलाएका छैनन्।

हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ सय २५ पुगेको छ । उक्त भाइरसबाट हालसम्म ३४ हजार ५ सय बढी मानिस संक्रमित भएका छन्।

शुक्रबार मात्रै चीनमा ८६ जनाको मृत्यु भएको र ४ हजार नयाँ बिरामी थपिएको चाइना डेलीले जनाएको छ ।

विश्वका २५ भन्दा बढि देशमा फैलिएको यो भाइरसका कारण यसअघि हङकङ र फिलिपिन्समा पनि एक एक जनाको ज्यान गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *