चक्रपथ सफाइको १५०औँ हप्तामा चेतनामूलक साङ्गीतिक कार्यक्रम

डिसी नेपाल
२५ माघ २०७६ २०:४५

काठमाडौं । उत्तरतर्फको चक्रपथ सफाइ अभियानले १५० हप्ता पूरा गरेको छ । वाग्मती सफाइ महाअभियाबाट प्रभावित भई फोहर रहेको चक्रपथ सफाइ अभियान विसं २०७४ वैशाख २ गतेदेखि शुरु भएको हो ।

कूल १५० हप्ता पार गरेको अवसरमा शनिबार ग्रिनसिटी अस्पताल क्षेत्रमा जनचेतनामूलक साङ्गीतिक कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विभिन्न टेलिभिजनमा प्रसारण भइरहेका इन्द्रेणी साङ्गीतिक कार्यक्रमका सञ्चालक कृष्ण कँडेल, हाँस्य कलाकार किरण केसी, गायक तिलक बस्नेतलगायत थिए ।

सो अवसरमा आठ वर्षीय बालिका कमला घिमिरेले गीतका माध्यमबाट सार्वजनिकस्थलमा फोहर फाल्न नहुने सन्देश प्रवाह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले अभियानलाई सहयोग गर्नुका साथै सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाए ।

सफाइ अभियानका संयोजक लोकबहादुर टण्डनले चक्रपथलाई सफा राख्न अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विशेष कार्यक्रमअघि ग्रिनसिटी अस्पतालअघिको चक्रपथ क्षेत्रमा सफाइ गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *