गीतकार भुसालको ‘नुतुन शैली’ बजारमा
काठमाडौं । गीतकार नूतन भुसालको चौंथो कृति ‘नूतन शैली’ शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा भुसालले स्वागत गर्दै प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उठाएको बताइन् । नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा इँटा थप्ने काम गरेको उनको भनाइ थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताए । गीतकार भुसालको लेखनले आफू लोभिएको बताएका थिए सिंहको भनाइ थियो । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए ।उनले भुसालको लेखनप्रति आफूलाई डाह लागेको बताउँदै भुसाल सिद्धहस्त गीतकारका रुपमा पाएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको बताए । भुसालको गीतिलेखनले फरकपन दिएको बताउँदै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । त्यस्तै संगीतकार सुनिल मास्केको संगीत सुनेर आफूले ढिलो भेटेको बरालले बताए ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउँदै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिइन् । उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैं कमाउने बताउँदै जन्मदिनको शुभकामना समेत दिइन् ।
कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्यूजिक भिडियो देखाइएको थियो ।







डिसी नेपाल








Facebook Comment