संविधान संशोधन नभए आन्दोलनमा जान्छौं : अध्यक्ष यादव

डिसी नेपाल
२५ माघ २०७६ २१:१९

काठमाडौं । संविधान संशोधन भएन भने आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताउका छन् । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताए। उनले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएकाले संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिए।

वर्तमान सरकारले संविधान संशोधन गर्ने भनेपछि आफ्नो पार्टी सरकारमा सहभागी भएको तर त्यसतर्फ कुनै पहल नभएपछि आफूहरु सरकारबाट बाहिएको अध्यक्ष यादवले बताए ।

सोही कार्यक्रममा सयौँ नेता तथा कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता धर्मेन्द्र मेहताले बताए । नवप्रवेशीलाई अध्यक्ष यादव, सचिव पर्शुराम बस्नेतलगायतले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *