अपाङ्गता सहायता सामग्री वितरण

डिसी नेपाल
२६ माघ २०७६ ८:२५

बागलुङ । बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ।

तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिए ।

वडाले चालू आवमा रु ५० हजार बजेट सो कार्यमा विनियोजन गरेको थियो। सहायता सामग्रीको सहयोगबाट अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन्।

वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी छन् । हराएकी बालिका सकुशल भेटिइन् ।

एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् ।

उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । “चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भने ।

होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो । यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए।

साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए।

उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *