सगरमाथा संवादको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न किन गएनन् प्रधानमन्त्री?

डिसी नेपाल
२६ माघ २०७६ १०:३६

काठमाडौं। नेपालले पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा संसाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

आइतबार विहान काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना गरिएको कार्यक्रम प्रधानमन्त्री ओलीबाट उद्घाटन गर्ने तय भएको थियो। तर कार्यक्रम सुरु हुनु अगाडि आयोजकले प्रधानमन्त्री ओली स्वास्थ्यका कारण कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दियो।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले समाजिक संजाल फेसबुकमा ‘नेपालमा पहिलो पटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ सन्दर्भको राष्ट्रिय सम्मेलन होटल याक एण्ड यति। प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएकोमा आयोजकहरुका अनुसार ‘प्रतिकुल स्वास्थ्य’का कारण उहाँ आउन सक्नुभएन।’ लेखेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लााहकार सूर्य थापाले कुनै एउटा कार्यक्रममा सहभागी नहुँदैमा प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकुल बन्न नमिल्ने बताए। ‘कुनै एउटा कार्यक्रममा सहभागी नहुने वित्तिकै प्रधानमन्त्रीको स्वास्थ्य प्रतिकुल भन्न मिल्छ?,’ थापाले डिसी नेपालसँग भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *