सुनिलको ‘रोगै पिरती’
काठमाडौं। लोकपप गायक सुनिल गिरीको नयाँ गीत ‘रोगै पिरती’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘लाम क्यारे माया’ बोलको गीतले चर्चा बटुलीरहेकै बेला गायक गिरीले शनिबार नयाँ गीत सार्वजनिक गरेका हुन्।
गाउँले परिवेशमा तयार पारिएको भिडियो हेर्दा हरेक प्रेमील जोडीले आफ्नो वैशाँलु उमेरमा बिताएको प्रेम र विछोडका विभिन्न चरणहरुलाई महशुस गर्न सक्छन्।

गायक सुनिल स्वयमको अभिनय रहेको गीतको भिडियोमा समीक्षा क्षेत्री, विनोद अधिकारीको अभिनय हेर्न सकिन्छ। गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ।
भिडियोलाई अनिल के. मानन्धरले निर्देशन गरेका हुन्। निर्देशक मानन्धरकै छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी मनोज कार्कीले निर्वाह गरेका हुन्।
गीतको भिडियो सुनिलको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ। ‘को होला त्यो’ गीतबाट चर्चामा आएका गायक गिरीले थुप्रै्र हिट गीत दिईसकेका छन्।
No ads found for this position

डिसी नेपाल
mind blowing song
Ming Blowing