दशौं राष्ट्रिय खेलकुद कर्णालीमा
सांकेतिक तस्बिर
सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने पक्का भएको छ । २०७९ सालमा हुने प्रतियोगिताका लागि पूर्वाधारको खोजी गर्न थालिएको छ।
केन्द्र सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीका सवै जिल्ला खेलकुद विकास समितिलाई ५० लाखका दरले बजेटसमेत पठाइसकेको छ।
सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसँग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुबीच शनिबार छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन्।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले प्रतियोगिताका लागि सुर्खेतमा प्याराफिट सहितको ३ वटा कवर्डहल निर्माण तत्कालै निर्माण गरिने बताए ।
त्यस्तै सुर्खेतमा फुटवल, पौडी, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलमा प्रतियोगिता गराउन पूर्वाधार निर्माणका लागि बजेटको पहल हुनुपर्ने र रंगशाला निर्माण कार्य समयमैं हुनुपर्ने समितिको भनाइ छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment