विश्वकप क्रिकेट लीग–२ : संकटमा नेपाल
काठमाडौं। काठमाडौंमा जारी आइसीसी विश्वकप लीग–२ अन्तर्गतको नेपाल र ओमानबीच जारी खेलमा नेपाल संकटमा फसेकको छ।
ओमानलाई २५० रन दिएको नेपालका लागि बलरहरुले विकेट लिन नसकेपछि नेपाल ओमानसँग दोस्रो खेलमा पनि हार नजिक पुगेको छ।
२५० रनको लक्ष्य पाएको ओमान टीयू मैदानमा यो समाचार तयार पार्दासम्म २ विकेट गुमाएर ४० ओभरमा २०३ रन बनाएको छ। उसका अकिब इलियस र कप्तान जिशन मक्सुद मैदानमा टिकिरहेका छन्। नेपालका लागि सुसान भारी र कुशल मल्लले एक एक विकेट लिएका छन्।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment