अकिबको सतकमा ओमानसँग नेपाल पराजित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवी मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो।
घरेलु मैदानमा चलिरहेको ओमान, अमेरिका र नेपालबिचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल ओमानसँग दोसा्रे पटक पराजित भएको हो। नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो।
नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.१ ओभरमा पुरा गर्यो। ओमानका लागि कप्तान जिसन मक्सुद र अकिब ईल्यासले बलियो साझेदारी गर्दै जित दिलाए। ईल्यासले सतकीय तथा मक्सुदले अर्धसतकीय पारी खेले। ईल्यास १०९ रन बनाए भने मक्सुदले ६८ रन बनाए। यस्तै खवार अलीले ४१ तथा जतिन्दर सिंहले २३ रन बनाए। नेपालका कुशल मल्ल र शुसन भारीले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए। पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्लले २८, आरिफ शेखले २८, सुवास खकुरेलले २२, करण केसीले १०, सन्दिप लामिछानेले १० र कमल सिंह ऐरीले ९ रन बनाए। ओमनका लागि अकिब इल्यासले ४ र मोहम्मद नदीमले ३ विकेट लिए ।
जितसँगै ओमान विश्वकप लिग–२को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओमानको ९ खेलमा १४ अंक रहेको छ। दास्रो स्थानको अमेरिकाको १० खेलमा १२ अंक रहेको छ। नेपाल भने ३ खेलमा २ अंक जोडेर छैठौं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment