कुवेतमा मनाइयो सोनाम ल्होछार 

डिसी नेपाल
२६ माघ २०७६ १६:४८

कुवेत। कुवेतमा सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा मञ्जुश्री संवत २८५६ मुसा वर्ग राष्ट्रिय सोनाम ल्होछार नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा मनाइएको हो ।

गत शुक्रबार कुवेतको ज्लिवस्थित नटिङ्घम ब्रिटिश स्कुलको हलमा आयोजित उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत  दुर्गाप्रसाद भन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

त्यस्तै कार्यक्रममा एनआरएनए कुवेतका बरिष्ठ उपाध्यक्ष हरि लावती, पत्रकार महासंघका तर्फबाट आनन्द आचार्य, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष तथा जरिरा एयरवेजका प्रतिनिधिद्वय पिटर र साब्रीह विशेष अतिथिमा आसिन थिए।

कार्यक्रमलाई प्रमुख अतिथि राजदूत भण्डारीलगायत अन्य अतिथिहरूले सम्बोधन गर्दै सोनाम ल्होछारको शुभकामना दिएका थिए।

सुरेश ग्याबा तामाङ, रेशम लामा र हिमाल लामाको डेनमुला ‘ह्याङ निदा डेनमुला’ बोलको स्वागत गीत तथा तृष्णा पाख्रीन, डोल्मा तामाङ, कुमार स्याङ्तान र आर के लुङ्बाको स्वागत नृत्य प्रस्तुतिले नै कार्यक्रमको माहोल तताएका थिए।

आमन्त्रित अतिथि कलाकार यु बि मोंग्रेसाले ल्होछार र तामाङ जातिले मान्ने गरेकाे सांस्कृतिक म्हेन्दोमाया र मनेदोराको बारेमा प्रस्ट्याउँदै आफ्नो प्रस्तुतिहरू पस्केका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *