चीनमा छोराछोरी फसेपछि अभिभावक के भन्छन?
काठमाडौं। चीनको वुहान सहरमा रहेका नेपालीलाई छिटो ल्याइदिन चीनमा रहेका विद्यार्थीका अभिभावकहरुले सरकार समक्ष माग गरेका छन्।
सोमबार काठामाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै चीनको हुवेई प्रन्तको वुहानसहरमा रहेका विद्यार्थीका अभिभावकहरुले छिटो नेपाल ल्याइदिन माग गरेका हुन्। अभिभावक उपेश बहादुर सिंहले अहिलेसम्म सबैजना सकुसल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे। अर्का अभिभावक गीता भट्टराईले आफुहरु स्वास्थ्य मन्त्रालय, र परराष्ट्र मन्त्रालयमा पटकपटक गई आग्रह गरिरहदा समेत तयारी नपुगेको जवाफ आइरहेको भन्दै तत्काल मिति तोक्न माग गरिन्।
चीनको हुवेई प्रान्तको वुहान शहरबाट १ सय ८० जना नेपालीले स्वदेश फर्कनका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्।
चीनको वुहानबाट सन २०१९ डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्त र विश्वका २३ मुलुकमा देखा परेको छ। पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ४० हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९ सय ९ जनाको मृत्यु भइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment