संकटामाथि मछिन्द्रको शानदार जित

डिसी नेपाल
२७ माघ २०७६ १८:२०

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लबले संकटा क्लबमाथि ३—१ को जित निकालेको छ।

एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्र ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक राइले एक एक गोल गरेका छन्।

संकटाका लागि एक मात्रै गोल मेसोउकेले एक गोल फर्काएका थिए। मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै उपाधि होड कायमै राखेको छ यद्यपी आर्मीले एक खेल खेल्न बाँकी छ। संकटा क्लब १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ। यसअघि सोमबारै भएका अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ टिम र च्यासल युथ क्लब विजयी भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *