स्टर्लिङले यो वर्ष पनि चितवनबाट खेल्ने

डिसी नेपाल
२७ माघ २०७६ १९:२७

काठमाडौं । टेष्ट राष्ट्र आयरल्याण्डका ब्याट्सम्यान पाउल स्टर्लिङले पुनः चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

चितवनले सोमबार चौंथो संस्करणको ईपीएलका लागि स्टर्लिङलाई अनुबन्ध गरेको जनाएको छ । गत संस्करण पनि स्टर्लिङले चितवनबाट खेलेका थिए । चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा स्टर्लिङलाई अनुबन्ध गरेको हो ।

यस अघि चितवनले पहिलो विदेशी खेलाडीको रुपमा अफगानीस्तानका मोहमद साहजाद टिममा अनुबन्ध गरिसकेको छ । गत वर्ष चितवन प्ले अफमा पुग्दा स्टर्लिङको उत्कृष्ट प्रर्दशन गरेका थिए ।

स्टर्लिङ आयरल्याण्डका प्रमुख खेलाडी हुन् । २९ वर्षे स्टर्लिङले आयरल्याण्डबाट ३ टेष्ट, १ सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय र ७५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टी–१० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन् ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवनबाट यस संस्करणमा कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *