तालिवान समूहलाई हतियार बन्दोवस्ती गर्ने नेता मारिए

डिसी नेपाल
२७ माघ २०७६ २२:०४

काबुल । अफगानिस्तानको तालिवान समूहलाई हतियार बन्दोवस्तीको गर्दै आएका उक्त समूहका एक नेता मारिएका अफगानी अधिकारीले जनाएका छन् ।

उत्तरी बल्ख प्रान्तमा सेनाले अबुवाकर भनिने मोहम्मद गुललाई लक्षित गरी गरेको हवाई आक्रमणमा उनी मारिएका रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ ।

“अफगान वायु सेनाले अबुवाकरविरूद्ध लक्षित गरी आइतबार राति गरेको कारबाहीमा उच्च प्रविधिको हतियारको जिम्मेवारी सम्हाल्दै आएका उनको मृत्यु भएको छ,” मन्त्रालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अबुवाकरले बल्ख प्रान्तको चिम्ताल जिल्लास्थित देलबर गाउमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका अधिकारीले बताएका छन् । मृतक ती नेताले तालिवानी समूहलाई ‘लेजर विपन’को प्रवन्ध मिलाउने गरेका अफगानी सेनाले जनाएको छ ।

अफगानिस्तानमा विगत १८ वर्षदेखि तालिवानी लडाकू अमेरिकी सेनाको सहयोग प्राप्त सरकारी सेनासँग लड्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.