लिम्बू फिल्म तथा म्यूजिक भिडियो अवार्ड सम्पन्न

डिसी नेपाल
२८ माघ २०७६ ९:१५

काठमाडौं। लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७६’ राजधानीमा सम्पन्न भएको छ। लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोको अवार्ड कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए।

अवार्डमा सात वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियो सहभागी भएको यस अवार्डमा लिम्बू फिल्मबाट अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भिम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीत कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे थिए।

त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन सावा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिकाका दिपा सुहाङ, नायक तथा मोडल रुद्र पाहिमलिम्बु, नायिका तथा मोडल लक्ष्मी योङहाले अवार्ड पाए। त्यस्तै पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए।

फाल्गुनन्द लिङदेन फिल्मस् आयोजक रहेको कार्यक्रममा अवार्डका जुरी येहाङ लावती र विनोद सेरेङलाई सम्मान गरिएको थियो। आयोजकले गायक भगत सुब्बालाई लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरेका थिए। कार्यक्रममा सोम लामा, सरिता राना, नुमा शेर्पा र दिपा सुहाङले सांगीतिक प्रस्तुति दिँदा यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा नेपाली चलचित्रका निर्देशक मदन घिमिरे, गायका धिरज राई र पत्रकार पारसमणि पौडेललाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *