‘ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ’
काठमाडौं। समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नाम जोडिएको भएपनि मुद्दाको छानबिन हुनुपर्ने बताएकोले सबै पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताइन्।
चीनको कारोना प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुर्लाइ स्वदेश फर्काउने विषयमा संसदमा जुन आवाज उठ्नुपर्ने बेला लगातार संसद अवरुद्ध हुनु दुःखद भएको उनले बताइन्। जीवन मरणको अवस्थामा रहेका निर्दोष व्यक्तिहरुको उद्धारका लागि उनले सरकारको ध्यानाकर्षण समेत गराए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment