दोहोरी गीत : ‘डिम्पल गालैमा’ सार्वजनिक (भिडियो सहित)

डिसी नेपाल
२८ भदौ २०७५ ३:३६

काठमाडौँ । पछिल्लो समयमा बजारमा आएको दोहोरी गीत ‘डिम्पल गालैमा’ छोटो समय मै निकै चर्चामा रहेको छ। गायक नकुल ढकाल ‘नबिन’ को प्रस्तुतिमा रहेको यस गीतलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।

अनकुल ढकाल ‘नबिन’ र प्रिती आलेको कर्णप्रिय स्वर लहरीले सजिएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि नकुल ढकाल ‘नबिन’ले नै गरेका हुन्। निकै रोमान्चक शैलीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश सपुत र रिना थापाको आकर्षक अभिनय देख्न सकिन्छ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन प्रकाश एसकेले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *