प्रेस युनियन काठमाडौंमा दुलाल

डिसी नेपाल
२८ माघ २०७६ २१:०४

काठमाडौं। नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा जगननाथ दुलाल विजयी भएका छन्। मंगलबार भएको जिल्ला शाखा काठमाडौंको अधिवेशनमा दुलाल प्रतिष्प्रर्धी महेश्वर गौतमलाई पराजित गर्दै शाखाको अध्यक्षमा विजयी भएका हुन्।

दुलालले २८५ मत पाउँदा गौतमले १९३ मत पाएका थिए। मंगलबार सम्पन्न अधिवेशनले अरु कार्यसमिति पदाधिकारी भने निर्विरोध चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा टुकमाया भण्डारी, सचिवमा अक्कल कुँवर र सहसचिबमा संजिता खनाल निर्विरोध चयन भए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *