कोरोनाबाट ज्यान गुमाउनेको संख्या १११३ पुग्यो, साढे ४४ हजार बढी संक्रमित

डिसी नेपाल
२९ माघ २०७६ ९:२१

काठमाडौँ । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय १३ पुगेको छ ।

मंगलबार मात्रै चीनमा कोरोना भाइरसको संक्रमणमा परी ९७ जनाको ज्यान गएको र हालसम्म ४४ हजार ६ सय ५३ जना संक्रमित फेला परेको चाइना स्वास्थ्य विभागले जनाएको छ ।

यसअघि चीनमा फेबु्वरी ३ मा ६४, फेबु्रवरी ४ मा ६६, फेबु्रवरी ५ र ६ मा ७३, ७३, फेबु्रवरी ७ मा ८६ तथा फेब्रुवरी ८ मा ८९, फेब्रुवरी ९ मा ९७ र १० मा १०८ र ११ मा ९७ जनाको ज्यान गएको छ।

यसैगरी चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी फेला परेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको छ।

जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले कोरोना भाइरसँग मिल्दोजुल्दो संकेत रुघा, खोकी र अत्यधिक ज्वरोका बिरामी भेट्टिएको र बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *