अमेरिकी राष्ट्रपति ट्रम्पले भारतमा झोपड वस्ती देख्ने भएपछि ५०० मिटरको पर्खाल बनाइँदै

डिसी नेपाल
१ फागुन २०७६ १८:१७

नयाँ दिल्ली (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले भारतको भ्रमण गर्दैछन् । उनीहरुको स्वागतको तयारी भारतमा धुमाधाम भइरहेको छ । ट्रम्प यही फेब्रुअरी २४ देखि २५ सम्म भारतमा हुनेछन् । यस दुईदिवसीय भ्रमणका क्रममा ट्रम्प भारतको अहमदावाद पनि जानेछन् ।

जसरी अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत भएको थियो, त्यसरी नै ट्रम्पको स्वागत भारतमा गर्ने तयारी भइरहेको छ । यसैका लागि ह्युस्टनमा ‘हाउडी मोदी’ जस्तै ‘केम छो ट्रम्प’ कार्यक्रमको आयोजना गरिने छ । गुजराती भाषाको ‘केम छो ट्रम्प’ नेपाली अर्थ ‘तपाई कस्तो हुनुहुन्छ ट्रम्प?’ भन्ने हुन्छ । यसै कार्यक्रमबाट ट्रम्पले भारतीय जनतालाई सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी पनि साथमै रहने जनाइएको छ । तर, अहमदाबादमा राष्ट्रपति ट्रम्पको सवारी साधनको लावालस्कर जाने सडकमा पर्ने एक झोपड वस्तीलाई लुकाउन पर्खाल बनाउन लागिएपछि यसको विरोध भइरहेको छ । यो झोपड वस्ती विमानस्थलबाट साबरमती आश्रमको सडकमा पर्छ । स्थानीयहरु सरकारको यो पर्खाल बनाउने निर्णयसँग असन्तुष्ट छन् । र विरोध गरिरहेका छन् ।

स्थानीय पत्रिकामा यो समाचार प्रकाशित भएपछि त्यहाँ विरोध भइरहेको छ । मुख्य सडकको छेउमै रहेको झोपड वस्तीलाई लुकाउन ६ देखि ७ फिट अगलो पर्खाल बनाउन लागिएको छ । र यो पर्खाल करिब ५०० मीटरको हुने जनाइएको छ । बीबीसीका संवाददाता तेजस वैद्यले अहमदाबादको इन्दिरा ब्रिजसँगै रहेको सरणियावास क्षेत्रबाट अमेरिकी राष्ट्रपति ट्रम्पको लावालस्कर जाने छ बताए । यसै वस्तीमा करिब २ हजार ५ सय मानिसहरु बस्छन् । स्थानीयहरुले सरकारले गरिबी लुकाउन खोजेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले यो वस्तीले सरकारलाई समस्या भए पक्का घर बनाइदिनुपर्ने बताउँछन् । सो वस्तीमा बस्ने कमलाबेन भन्छिन्, ‘दुईतीन दिनबाट काम भइरहेको छ । यो पर्खाल बनेपछि हाम्रो वस्ती घेरिनेछ । हावा पानी बन्द हुनेछ । यहाँ न ढल छ, बिजुली न पानी छ । अँध्यारोमा बस्न बाध्य छौं । सानो बाटो यस्तो छ की मानिसहरु लड्दै हिँड्नुपर्छ । घुँडासम्म पानी भरिन्छ ।’

एक अन्य स्थानीय महिलाले यो पर्खाल नबनाए अमेरिकी राष्ट्रपतिले आफूहरुको समस्या देख्न सक्ने बताइन् । तर, सरकारले वास्ताविकता लुकाउन खोजेको उनले बताइन् । यो क्षेत्र विमानस्थल नजिकै छ । प्रायः महत्वपूर्ण व्यक्तिहरुको आगमनमा कपडाले यो क्षेत्रलाई ढाकिन्थ्यो । तर, यो पटक सरकारले पर्खाल बनाएर यो क्षेत्रलाई पूर्णरुपमा लुकाउने काम शुरु गरेको छ । एक महिलालले भनिन्, ‘यो पर्खाल बन्नु हुँदैन । यदि प्रधानमन्त्री मोदीलाई यो झोपड वस्ती मन पर्दैन, हाम्रो गरिबी देखिन्छ भने पक्का घर बनाएर दिउन् ।’ स्थानीयहरुले सरकारले यहाँ पर्खाल बनाएर बाटोसमेत बन्द गरिदिएको बताएका छन् । चुनावको समयमा नेताहरु आउँछन् तर, जितेपछि भने फर्किँदैनन् । यो वस्तीमा शौचालय, बिद्युत, र पानीको सुविधान पनि छैन । यहाँका केही गल्लीहरु त हिँड्न लायक पनि छैनन् ।

गएको सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्र डोनल्ड ट्रम्पले ह्युस्टनम करिब ५० हजार भारतीय मुलका र अमेरिकी नागरिकलाई सम्बोधन गरेका थिए । अहमदाबादमा पनि यस्तै प्रकारको कार्यक्रम गर्न लागिएको छ । समाचार अनुसार मोदी र ट्रम्पले हालै मोटेरा क्षेत्रमा बनेको सरदार वल्लभ भाई क्रिकेट स्टेडियमको उद्घाटन पनि गर्नेछन् । एक अनुमानअनुसार यो क्रममा त्यहाँ करिब एक लाख मानिसहरु उपस्थित रहने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *