पशुपतिले ‘लुट्न सके लुट’ भाग–२ का रुपमा ल्याए ‘जता नि चोर’
काठमाडौं । गत वर्ष राजनीतिक दल र तिनका कार्यकर्ताको चर्को विरोधपछि ‘लुट्न सके लुट’ बोलको गीत युट्युवबाट हटाएका लोकदोहोरी गायक पशुपति शर्माले त्यसकै अर्को भागको रुपमा ‘जता नि चोर’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा विकृति, विसंगति र भ्रष्टाचारबिरुद्ध व्यङग्य गरिएको छ।
गीतमा पशुपति स्वयंमको शब्द, संगीत तथा स्वर छ। भिडियोमा पनि पशुपति आफैले अभिनय गरेका छन्। दुर्गा पौडेलको निर्देशनसंगै छायांकन रहेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्।
गीतले दर्शक/स्रोताबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। सार्वजनिक भएको २४ घण्टा नबित्दै भिडियोले युट्युबमा ४ लाख ३५ हजार बढी भ्युज बटुलिसकेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment