चीनबाट नेपालीको उद्धार: वुहान पुग्यो नेपाली विमान, नेपालीहरुको नाम गोप्य राखिने

डिसी नेपाल
३ फागुन २०७६ २०:४८

काठमाडौं। चीनको हुवेई प्रान्तबाट नेपालीको उद्धार गर्न नेपालबाट गएको नेपाल वायु सेना निगमको वाईड बडी विमान वुहान पुगेको छ।

हुवेई प्रान्तको राजधानी वुहानबाट निगमको विमानमाफर्त नेपालीहरुलाई आजै काठमाडौं ल्याउन लागिएको छ। बेइजिङस्थित दूतावासमा स्वदेश फर्किन निवेदन दिएका १८० जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याउन लागिएको हो।

उनीहरुलाई त्रिभुवन विमानस्थलबाट सिधै गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टाइनमा राखिने विमानस्थल स्रोतले जनाएको छ। स्रोतले भन्यो, ‘उनीहरु वुहान विमानस्थलमा स्वास्थ्य जाँचपछि विमानमा चढ्नेछन्, त्यसपछि यहाँ पनि स्वास्थ्य जाँच हुनेछ, त्यसपछि सिधै खरिपाटी लगिने छ।’

यो उद्धार मिसनको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाको नेतृत्वमा भइरहेको छ। यसैबीच उद्धार गरिएका नेपालीहरुको पहिचान गोप्य राखिने जनाइएको छ। उनीहरुलाई कोड नाम दिइएकोसमेत बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *