बाँके बर्दिया तत्कालै कर्णालीमा गाभिँदैन : प्रचण्ड

डिसी नेपाल
७ फागुन २०७६ १३:४८

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन्।

नेकपा कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत आएका प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा प्रसंगवस बताएको स्पष्ट पारे। उनले प्रदेशको भू–बनोट सधैं एकै रहने ग्यारेन्टी नभएको र जनताको चाहना अनुसार परिवर्तन हुन सक्ने बताए।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सुर्खेत विमानस्थल विस्तार गर्ने कार्य शुरु गरिने र कर्णालीको विकासका लागि विशेष प्याकेज आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता जनाए।

नेकपा कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल समेत सुर्खेत आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *