संचारमन्त्रीले ७० करोड बार्गेनिङ्ग गरेको दावीसहितको अडियो सार्वजनिक (सुन्नुहोस् अडियो)
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आर्थिक लेनदेनको विषयमा डिलिङ्ग गर्दै गरेको एउटा अडियो टेप सार्वजानिक भएको छ । युट्युवमा सार्वजानिक गरिएको सो अडियो रेकर्डमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धी प्रसंग जोड्ने एक व्यक्तिसँग गरेको कुराकानीमा आर्थिक लेनदेनको प्रसंग उल्लेख गरिएको छ।
१२ गते १२ बजेपछि स्वीस एम्बेसी भेट्न आउने र उसलाई मन्त्रीले समय दिनुपर्ने प्रसंगबाट शुरु भएको टेलिफोन कुराकानीमा के का लागि मन्त्री बाँस्कोटाले ७० करोड रकम माग गरेका हुन् भन्ने कुराचाहिं स्पष्ट छैन। तर, एमओयु गर्ने कि भन्ने प्रसंग कुराकानीमा उल्लेख भएकाले कुनै खरिदसँग सम्बन्धित कुरा हुनसक्ने आंकलन गर्न सकिन्छ।
छलफलका लागि स्वीस राजदूतले छुट्टै छलफल गर्न चाहेको जानकारी मन्त्रीसंग पैसाको डिल गर्दै गरेका व्यक्तिको भनाइमा उल्लेख छ । मसिनको कुरा गरिएकाले संचारमन्त्रालय अन्तर्गत कुनै मसिन खरिदको प्रसंगमा चलेको बार्गेनिङ्ग हुनसक्ने देखिन्छ ।
२५ देखि ३० अर्बसम्मको प्रोजेक्टमा कतिसम्म आउँछ भन्ने मन्त्रीको आवाजले उनी बार्गेनिङ्गमा सामेल भएको देखाउँछ। मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिले ७० करोड रकम आउने बताएपछि मन्त्रीले तपाईं (ती व्यक्ति) लाई छुट्टै कति आउँछ भन्ने प्रश्न गरेको अडियो विवरणमा ती व्यक्तिले जम्मा ७४ करोड रकम आउने उल्लेख गरेका छन्।
हाम्रा कुरा डट कमका तर्फबाट मध्यराति युट्युवमा अपलोड गरिएको सो अडियोमा मन्त्रीसँग डिलिङ्ग गरिरहेका व्यक्तिको परिचय कतै खुल्दैन । तर, हाम्राकुरा डटकमले भने ती व्यक्ति स्वीस कम्पनीका नेपाली एजेण्ट विजयप्रकाश मिश्र शर्मा रहेको उल्लेख गरेको छ।
जम्मा २ मिनेट ३५ सेकेण्डको सो अडियोमा बोल्ने व्यक्ति उनै शर्मा हुन् कि होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन। सो वेभसाइटले सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको मसिन खरिदका प्रसंगमा ७० करोड बार्गेनिङ्ग गरेको त्यसका सम्पादक अजयबाबु शिवाकोटीको वाइलाइनमा प्रकाशित समाचारमा उल्लेख छ ।
अडियो सुन्न तलको लिंकमा क्लिक गर्नुहोस् :
No ads found for this position

डिसी नेपाल
अहिलेको सरकारमा पहिलो नम्बर्को भ्रस्ट र देशको नाम बदनाम गरौने ब्यक्ती हो गोकुल बस्किटा यो कुरा प्रधान मन्त्री र प्रचन्ड जि लगायत सबै नेताहरुलाइ थाहा हुंदा हुँदै पनि उनलाइ सरकारको प्रबक्ता बनायर संचार मन्तत्रीमा राखी रहनु भनेको देशलाइ बदनमी बनाउनु मत्रै हो ।
इनिहरु त कमिसनिस्त हुन कि कम्युनिस्ट हुन चिन्न सकियेन