शिवरात्रीकाे वहानामा पशुपतिमा गाँजाको व्यापार!

धनकुमार कार्की
८ फागुन २०७६ १४:०९
8
Shares

काठमाडौं। पशुपतिको मुल मन्दिर पारिपट्टि चन्द्रशिवालय जाने बाटोमा तीन जना साधु धुनि तापेर बसिरहेका छन। दुइजना युवक आएर हिन्दीमा कुरा गर्छन, ‘बाबा माल मिलेगा’ साधुहरु पैसा बार्गेनिङ गदै थिए। फोटो खिच्न खोजेको देखेर ती युवक छेउ लाग्छन्।

हरेक वर्ष शिवरात्रीको अवसरमा एक हप्ता अघिदेखि पशुपति क्षेत्रमा साधुहरुको चहलपहल बढ्छ। साधुहरु ‘शिव बुट्टी’का रुपमा गाँजा तान्ने गर्छन्। केही साधु भने गाँजा ब्यापारकै लागि आउने गरेका छन्। नाम उल्लेख नगर्ने सर्तमा आफूलाई नागा बाबा बताउने एकजना साधुले आफूसँग एक केजी जति बेच्ने गाँजा रहेको सुनाए।

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा कुनैपनि नशालु पदार्थ बिक्री वितरण, ओसार प्रसार र सेवन नगर्न सबैलाईअनुरोध गरेको छ।

तर साधुहरु भने आफ्नै सुरमा मध्य दिउँसो मस्त गाँजा तानिरहेका छन्। कोही भाङ र गाँजाको सुरमा मस्त सुतिरहेका छन्। कोही साधुहरु धुनिको छेउमा बसेर गाँजा बेचिरहेका छन्। उनीहरुलाई पशुपतिको जात्रामा गाँजा बेच्ने मौका मिलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *