बास्कोटाको ७० करोड प्रकरण ओलिको अग्नी परिक्षा : डा. सुन्दरमणी दीक्षित
काठमाडांै । संचारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बिभिन्न ब्यक्त्तीहरुले आफ्नो धारणा .ब्यक्त गरेका छन। डाक्टर सुन्दरमणी दीक्षितले यसलाइ प्रधानमन्त्री केपी शर्मा ओलीको अग्नी परिक्षाको घडी बताएका छन।
‘भ्रष्टचार गर्दिन र भ्रष्टचार गर्नेको अनुहार हेर्दिन’ भन्ने पधानमन्त्रीको आफ्नै सरकारका मन्त्री तथा नजिकको मान्छे बास्कोटा माथि लागेको भ्रष्टाचार आरोपको छानबिन गरेर कारबाहि गर्न सके परिक्षामा उत्तिर्ण हुने र बाहना बनाएर बचाउ गर्न तिर लागे अनउत्तिर्ण हुने र सबैको नजरबाट गिर्ने पनि बताए ।
यस अघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा सबैलाई एकातिर र गोकुल बास्कोटा एक्लैलाई एकातिर राख्दा बराबर हुने भनि अभिव्यक्ती दिएका थिए । सामाजिक सञ्जालमा बास्कोटा र ओलीको सम्बन्धलाई लिएर धेरै टिका टिप्पणी भएका छन् । धेरै जसोले ओलीका विश्वास पात्रको रुपमा रहेका बास्कोटाको अडियो प्रकरणले ओलिलाई सम्म समस्या सिर्जना गरेको टिप्पणी गरेका छन् ।
No ads found for this position


Facebook Comment