महिला टी २० विश्वकपमा भारत ब्याटिङ गर्दै

डिसी नेपाल
९ फागुन २०७६ १३:५६

काठमाडौं। महिला टी २० विश्वकप आज बाट अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ। डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले पहिलो खेलमा भारतीय महिला टिमको सामना गर्दैछ। आजको खेलमा अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङ गर्ने निम्तो दिएको छ ।

दुबै टोलीको विश्वकप इतिहासको बारेमा कुरा गर्दा, भारत र अष्ट्रेलिया बीचको विश्व कपमा अहिलेसम्म तीन खेल भइसकेको छ। भारतले अष्ट्रेलिया संग सन २०१८ एक मात्र खेलमा जित हासिल गरेको छ सन २०१० र २०१२ मा भएको खेलमा भारत अष्ट्रेलिया संग पराजित भएको छ ।

यस अघि अष्ट्रेलियामा आयोजित तीन राष्ट्र सम्मीलित टी २० सीरीजको फाइनलमा अष्ट्रेलियाले भारतलाई ११ रनले हराएको थियो। यस बाहेक भारतीय महिला टिम लिग चरणको खेलमा पनि पराजित हुनुपर्‍यो। यद्यपि भारतले विश्वकपभन्दा अघि ब्रिस्बेनमा आयोजित अभ्यास खेलमा वेस्टइन्डिजलाई २ रनले हराएको थियो ।

लामो समयसम्म लगातार राम्रो प्रदर्शन गर्न नसक्नु भारतको कमजोरी हो। अहिले सम्म महिला टी २० विश्वकप छ चोटि खेलाइएको छ। अस्ट्रेलिया यस प्रतियोगिताको सबैभन्दा सफल टोली हो र अस्ट्रेलियाले अहिलेसम्म चार पटक उपाधि जितिसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *