महिला टी–२० विश्वकपः भारतको विजयी सुरुवात

डिसी नेपाल
९ फागुन २०७६ १७:००

एजेन्सी । अस्टे्रलियामा शुक्रबारदेखि सुरु भएको महिला टी–२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। सिड्नीमा भएको उद्घाटन खेलमा आयोजक अस्ट्रेलियालाई १७  रनले पराजित गर्दै भारतले जित हासिल गरेको हो।

भारतले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.५ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो। अस्ट्रेलियाका लागि एलिसा हेलीले अर्धसतकीय पारी खेलीन्। उनले ३५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५१ रन बनाईन् । यस्तै एस्ली गार्डनरले ३४ रन बनाईन भने अन्य कुनै पनि खलाडीले दोहोरो बनाउन सकेनन्। भारतको जितमा पुनम यादवले ४ विकेट लिईन्। यस्तै शिखा पाण्डेले ३ तथा राजेश्वरी गायक्वाडले १ विकेट लिईन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको थियो। भारतका लागि दीप्ती शर्माले ४९ रन बनाईन् । यस्तै शेफली वर्माले २९रन बनाउँदा जेमिमा रोड्रिग्वेजले २६ रन बनाईन्। अस्ट्रेलियाकी जेस जोनासेनले २विकेट लिईन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *