पाचौँ अन्तरराष्ट्रिय थाइ मार्सल आर्टस् गेम फेस्टिभलमा भाग लिन नेपाली टोली थाइल्यान्ड जाँदै
काठमान्डौँ । थाइल्याण्डमा आउँदो मार्च ७ देखी १७ सम्म हुन गइरहेको पाँचौ अन्तरराष्ट्रिय थाइ मार्सल आर्टस गेम फेस्टिभलमा भाग लिनका लागी नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने भएको छ।
नेपाल थाइ बक्सिङ एशोसियसनका उपाध्यक्ष तथा कोच सरोज गिरीको नेतृत्वमा खेलाडीहरु राजु राइ, बरुण घलेसहित ६ जनाको टोली मार्च ६ तारिखमा थाइल्यान्ड जाने भएको हो।
सरोज गिरीले कोच गर्ने उक्त खेलमा राजु राई नेपालमा दुई पटक च्याम्पियन भइसकेका खेलाडी हुुन भने बरुण घले भारतबाट समेत मेडल लिएका खेलाडी हुन। थाइल्यान्डमा हुने खेलमा राजु ५७ किलो र बरुण ५४ किलोमा प्रतिस्पर्धा गर्ने कुराकोच सरोज गिरीले बताए।
नेपालमा थाइ बक्सिङ सन् २००७ सालदेखि सुरु भएको थियो। सुरुमा नेपाल थाइबक्सिङ एसोसियसनका अध्यक्ष नवराज भन्डारीले २००७ सालमा भित्र्याएको खेलमा यतिबेला नेपालले प्रगती गरिरहेको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment